राष्ट्र बैंकद्धारा एकमुुष्ठरुपमा प्रदान गरिने पुर्नकर्जाको आवेदन अवधि थप
नेपालखोज
२०७७ असोज १२ गते १६:२८
काठमाडौं । नेपाल राष्ट्र बैकले एकमुुष्ठ रुपमा प्रदान गरिने पुुर्नकर्जाको लागि आवेदन अवधि थप गरेको छ । यसअघि राष्ट्र बैंकले यही असोज १४ गतेभित्र बाँणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुलाई एकमुुष्ठ रुपमा प्रदान गरिने पुर्नकर्जाको लागि आवेदन दिन आग्रह गरेको थियो ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रणको लागि सरकारले बिभिन्न समयमा गरेको लकडाउन र निशेधाज्ञाका कारण समस्या परेको भन्दै आवेदन मिति बढाउन बिभिन्न संस्थाहरुले आग्रह गरेका थिए । सोही आग्रह बमोजिम एकमुुष्ठरुपमा प्रदान गरिने पुर्नकर्जाको अवधि यही असोज मसान्तसम्म कायम गरिएको नेपाल राष्ट्र बैंकको बैंक तथा बित्तीय संस्था नियमन बिभागले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया