नेपाल राष्ट्र बैंकद्धारा गुुनासो व्यवस्थापन कार्यबिधी २०७७ लागु
काठमाडौं । नेपाल राष्ट्र बैंकले गुुनासो व्यवस्थापन कार्यबिधी २०७७ लागुु गरेको छ । राष्ट्र बैंकले अनुुमती प्राप्त बैंक तथा बित्तीय संस्थाहरु, भुक्तानी सेवा सञ्चालक एवं सेवा प्रदायक, मनी चेञ्जर तथा सो सम्वन्धी कार्य गर्ने एजेन्टहरुले प्रदान गरिरहेको बित्तीय मध्यस्ता सेवा सम्वन्धमा बित्तीय ग्राहकको संरक्षण तथा गुनासो व्यवस्थापन गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक बित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यबिधी २०७७ बनाई लागुु गरिएको हो ।
उक्त कार्यबिधी अनुसार गठन गरिएको व्यवस्थापन समितीमा डेपुुटी गर्भनर (बरिष्ठ) संयोजक रहनेछन भने डेपुुटी गर्भनर सदस्य, बैंक तथा बित्तीय संस्था नियमन बिभाग, बैंक सुपरीवेक्षण बिभागका कार्यकारी निर्देशकहरु सदस्य रहनेछन । यो समितीमा अर्थमन्त्रालयका सहसचिव, नेपाल बैंकर एशोसियसन लगायतका संंस्थाहरुको प्रतिनिधी रहने व्यवस्था रहेको छ ।
राष्ट्र बैंकका अनुसार समितीले बित्तीय ग्राहक संरक्षण ईकाईबाट हुुन नसकेका गुनासोहरुको सुनुवाई गरी आवस्यक निर्णय गर्ने छ । यसबाहेक समितीले बित्तीय ग्राहक संरक्षण ईकाईलाई आवस्यक निर्देशन दिने, गुनासो प्राप्त गर्न निश्चित फोन वा ईमेल वा पोर्टलको व्यवस्था गर्ने लगायतका कार्यहरु गर्नेछ ।
प्रतिक्रिया