इङलिस प्रिमियर लिग : लिभरपुलको लगातार तेस्रो जीत
नेपालखोज
२०७७ असोज १३ गते ७:५२
एजेन्सी । इङलिश प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुलले लगातार तेस्रो जीत हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जीत दिलाउन साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए । वोल्भरहम्पटनबाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागि डेभ्यु खेलमा नै गोल गरेका छन् ।
त्यस्तै आर्सनलका लागि अलेक्जेन्डर लकाजेटेले एक गोल गरे । यो जीतपछि लिभरपुलले यस सिजनका तीनै खेल जितेर ९ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ ।
आर्सनलले यसअघि लगातार दुई खेलमा जीत हासिल गरे पनि गएराति भने हार बेहो¥यो । अब शुक्रबार राति इएफएल कपको अन्तिम १६ को खेलमा लिभरपुल र आर्सनल फेरि भिड्ने आमनेसामने हुनेछन् ।
सम्बन्धित
प्रतिक्रिया