सोमबार, वैशाख ८, २०८२

मंगलबार दोस्रो घण्टामा ७२ करोडभन्दा बढीको शेयर कारोबार, दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि

नेपालखोज २०७७ असोज १३ गते १३:१७

काठमाडौं । मंगलबार दोस्रो घण्टाको कारोबार अवधिसम्म ७२ करोड ४ लाख ३४ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । यो अवधिसम्म उक्त रकम बराबरको १८७ कम्पनीको ३२ लाख २४ हजार कित्ता शेयर खरिद विक्री भएको हो ।

दुई घण्टाको कारोबार अवधिसम्ममा नेप्से परिसूचक ५ दशमलव ८६ अंक घटेर १ हजार ५५४ दशमलव ९७ विन्दुमा झरेको छ । यो अवधिमा वित्त समूहको शून्य दशमलव ४३ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव १४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १७ प्रतिशत परिसूचक बढेको छ । १२ समूहमध्य यस अवधिमा १० समूहको परिसूचक घटेको हो । परिसुचक घटेको समूहमध्य व्यापारिक समूहको सर्वाधिक १ दशमलव ८१ प्रतिशत घटेको छ ।

घटेको बजारमा मंगलबार नेपाल फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । नेपाल फाइनान्सको ९ दशमलव ६२ प्रतिशत र हिमाल दोलखाको ९ दशमलव १७ प्रतिशतले शेयरमूल्य बढेको हो । सर्वाधिक मूल्य बढ्ने कम्पनीमध्य दोस्रो स्थानमा रहेको हिमाल दोलखाको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । दोस्रो घण्टासम्म हिमाल दोलखाको १० करोड ४६ लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन यो अवधिसम्म माउण्टेन हाइड्रोको शेयरमूल्य सर्वाधिक ५ दशमलव शून्य ७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया