राष्ट्र बैंकमा रहेको सरकारी खातामा एक खर्ब ९६ अर्ब ५६ करोड रुपैयाँ नगद मौज्दात
काठमाडौं । नेपाल राष्ट्र बैंकमा रहेको सरकारी खातामा एक खर्ब ९६ अर्ब ५६ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत गरी चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा राष्ट्र बैंकमा रहेको बिभिन्न सकारी खातामा उक्त परिमाणमा नगद मौज्दात रहेको हो ।
चालुु आर्थिक बर्षको पहिलो महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति ८ अर्ब ५ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ४अर्ब २ करोड रुपैयाँ हस्तान्तरण गरेको राष्ट्र बैकले जानकारी दिएको छ । यस अवधिमा प्रदेश सरकारले राजस्व र अन्य स्रोतबाट चार अर्ब तीन करोड रुपैयाँ परिचालन गरेको राष्ट्र बैंकले जनाएको छ ।
चालुु आवको पहिलो महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति भने ५८ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ७६ अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार चालुु आवको पहिलो महिनामा बैंकिङ्ग कारोबारमा आधारित अर्थात सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेक बाहेक संघीय सरकारको कुल खर्च एक अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.२ अर्ब ६२ करोड रहेको थियो ।
समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकल अन्तरगत प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत ५८ अर्ब ८१ करोड रुपैयाँ रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ७७ अर्ब ५३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया