तेस्रो घण्टामा मंगलबार एक अर्बभन्दा बढीको शेयर कारोबार, हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा बढी
काठमाडौं । मंगलबार शेयर बजार घटिरहेको छ । तेस्रो घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक ५ दशमलव ८७ अंक घटेको हो । यो अवधिमा परिसूचक १ हजार ५५४ दशमलव ९६ विन्दुमा रहेको छ ।
तेस्रो घण्टामा १८९ कम्पनीको १ अर्ब ९ करोड ९ लाख ५८ हजार रूपैयाँ बराबरको ४६ लाख ८४ हजार ८९ कित्ता शेयर कारोबार भएको छ । मंगलबार सर्वाधिक रकमको शेयर कारोबार हिमाल दोलखा हाइड्रोपावरको भएको छ । तेस्रो घण्टासम्म हिमाल दोलखाको १० करोड ५८ लाख ५६ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको शेयरमूल्य पनि यो अवधिसम्म ९ दशमलव १७ प्रतिशत बढेको छ ।
तेस्रो घण्टामा युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ९ दशमलव ६५ प्रतिशत बढेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक ३ दशमलव ७५ प्रतिशत घटेको छ । यो अवधिसम्म जलविद्युतको शून्य दशमलव ३७ प्रतिशत, वित्तको शून्य दशमलव २५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३५ प्रतिशत परिसूचक बढेको छ । मंगलबार व्यापारिक समूहको परिसूचक तेस्रो घण्टासम्म सर्वाधिक ३ दशमलव ३५ प्रतिशत घटेको छ ।
प्रतिक्रिया