सोमबार, वैशाख ८, २०८२

नेप्सेः बार्षिक नवीकरण शुल्क बुुझाउने समय असोज मसान्तसम्म

नेपालखोज २०७७ असोज १३ गते १६:००

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सबै सुचीकृत कम्पनीहरुलाई यही असोज मसान्तसम्ममा बार्षिक नवीकरण शुल्क बुुझाईसक्न आग्रह गरेको छ ।

नेप्सेले आज मंगलबार सुचीकृत कम्पनीहरुको नाउँमा सुचना जारी गर्दे यही असोज मसान्तसम्ममा बार्षिक नवीकरण शुल्क बुुझाउन आग्रह गरेको हो । उक्त अवधिभित्र शुल्क नबुुझाएमा बार्षिक नवीकरण शुल्कको १० प्रतिसतको दरमा जरिवाना लगाईने नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका अनुसार चुक्ता पुंजी ५० करोड रुपैयाँसम्म हुनेले ५० हजार रुपैयाँ र चुक्ता पुंजी ५० करोड रुपैयाँ भन्दा माथि हुनेले एक लाख रुपैयाँ बार्षिक नवीकरण शुल्क बुुझाउनुु पर्ने छ । यसैगरी डिवेञ्चर र म्युुचअल फण्ड (सामुहिक लगानी कोषको) हकमा चुक्ता पुंजी ५० करोड रुपैयाँसम्म हुनेले २५ हजार र चुक्ता पुंजी ५० करोड रुपैयाँ भन्दा हुुनेले ५० हजार रुपैयाँ बार्षिक नवीकरण शुल्क बुझाउनुुपर्ने छ । हाल नेप्सेमा सबै किसिमका गरी दुुई सय आठ वटा कम्पनीहरु सुचीकृत रहेकाछन् ।

प्रतिक्रिया