सोमबार, वैशाख ८, २०८२

मंगलबार ७.२१ अंकले घटेको शेयर बजारमा १ अर्ब ८२ करोडभन्दा बढीको कारोबार

नेपालखोज २०७७ असोज १३ गते १६:२०

काठमाडौं । सोमबारदेखि घटेको शेयर बजार मंगलबार पनि घटेको छ । यो दिन १ हजार ५६४ दशमलव ९३ विन्दुदेखि खुलेको बजार १ हजार ५५३ दशमलव ६२ विन्दुमा बन्द भएको हो । सोमबार ४ दशमलव ७३ अंक घटेर १ हजार ५६० दशमलव ८३ विन्दुमा बजार बन्द भएको थियो । मंगलबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ७९ अंक घटेर ३०७ दशमलव ८२ विन्दुमा झरेको हो ।

मंगलबार १९२ कम्पनीको १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार रूपैयाँ बराबरको ७३ लाख ५ हजार १११ कित्ता शेयर कारोबार भएको छ । यो दिन सर्वाधिक रकमको कारोबार अरुण काबेली पावर लिमिटेडको भएको छ । अरुण काबेली पावरको मंगलबार १७ करोड ४१ लाख ८४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यो दिन सर्वाधिक जलविद्युत समूहको परिसूचक बढेको छ । जलविद्युत समूहको परिसूचक २ दशमलव १९ प्रतिशत बढेको हो । सर्वाधिक परिसूचक बढेको जलविद्युत समूहका कम्पनीहरुले नै मंगलबार सर्वाधिक कमाएका छन् । यो दिन सर्वाधिक मूल्य बढ्ने १० कम्पनीमा ९ जलविद्युत कम्पनी रहेका छन् । यो दिन दश सर्वाधिक मूल्य बढ्ने दश कम्पनीभित्र नेपाल फाइनान्स रहेको छ । नेपाल फाइनान्सको शेयरमूल्य मंगलबार ९ दशमलव ६२ प्रतिशत बढेको हो ।

यस दिन जोशी हाइडोपावर डेभलमपेण्ट कम्पनीको शेयरमूल्य मंगलबार १० प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ९३ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको ९ दशमलव ९० प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ९० प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ६५ प्रतिशत, पञ्चकन्या माई हाइड्रोको ९ दशमलव ६० प्रतिशत, युनियन हाइड्रोको ९ दशमलव ३८ प्रतिशत र छ्याङ्दी हाइड्रो पावरको शेयरमूल्य ९ दशमलव ३५ प्रतिशत बढेको हो ।

मंगलबार उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २१ प्रतिशत बढेको छ । यस दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक २ दशमलव २४ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ समूहको शून्य दशमलव ८६ प्रतिशत, होटल समूहको शून्य दशमलव ५७ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ४ प्रतिशत, वित्तको शून्य दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ५८ प्रतिशत, अन्यको शून्य दशमलव ४९ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५३ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ४५ प्रतिशत परिसूचक घटेको हो । मंगलबार नौं समूहको परिसूचक घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ३ दशमलव ६२ प्रतिशत घटेको छ ।

प्रतिक्रिया