आइतबार, वैशाख ७, २०८२

गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर भोलिबाट बिक्री, २ लाख ५२ हजार ४४९ सर्वसाधारण कित्ता

नेपालखोज २०७७ असोज १३ गते १८:२२

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर असोज १४ गते बाट बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । जसमध्ये संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागिएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले असोज १३ गतेदेखि असोज १९ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया