मंगलबार, वैशाख ९, २०८२

एनएमबी बैंक पीसीएएफको सञ्चालक समितिमा नियुक्त

नेपालखोज २०७७ असोज १४ गते १०:०३

काठमाडौं । नेट जिरो वनर एलाइन्सको सहकार्यमा पीसीफएले आफ्नो सञ्चालक समितिमा एओएको प्रतिनिधिको रुपमा एनएमबी बैंकलाई समावेश गरेको छ ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी संस्था हो । उसले कर्जा÷लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास ९जीएचजी० उत्सर्जनको आकलन गर्न र खुलासा गर्न एक सामञ्जस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्ने गरेको छ ।

कार्बन लेखा वित्तीय साझेदार पीसीएफले कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी उद्योगको नेतृत्वमा संस्थागत सम्पत्तिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र विस्तार गर्ने प्रयास गर्ने गरेको छ ।

गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियनभन्दा बढी सम्पत्ति भएकोमा ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ, जसको १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति पुगेको छ ।

वित्तीय सम्पत्तिको कार्बन लेखाका अग्रगामीहरुद्वारा स्थापित यस पहलले हाल सालै ठूला वित्तीय संस्थाहरु नट वेस्ट समूह (बेलायत, पहिले स्कटल्यान्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो), इन्भेस्टेक (दक्षिण अफ्रिका), बान्को ब्राडेस्को (ब्राजिल), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाइजेरिया), मोर्गन स्टानले (यूएस), सिटी (यूएस), बैंक अफ अमेरिका (यूएस), एनएन समूह (नेदरल्यान्ड्स) र डान्सके बैंक (डेनमार्क) रहेका छन् ।

प्रतिक्रिया