बुधबार तेस्रो घण्टामा १ अर्ब २७ करोडको कारोबार, विकास बैंकको शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च
काठमाडौं । बुधबार तेस्रोे घण्टाको कारोबारमा १ अर्ब २७ करोड ४८ लाख ६२ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । यो अवधिमा १८७ कम्पनीको ५३ लाख ३९ हजार २८७ कित्ता शेयर खरिद विक्री भएको हो ।
तेस्रो घण्टासम्म बजार भने ४ दशमलव २६ अंक घटेर १ हजार ५४९ दशमलव ३६ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६८ अंक घटेर ३०७ दशमलव १३ विन्दुमा झरेको छ । यो अवधिमा लगानीकर्ताहरुको उच्च आकर्षण विकास बैंकको शेयरमा देखिएको छ । तेस्रो घण्टामा विकास बैंकको समूहगत परिसूचक सर्वाधिक २ दशमलव ६१ प्रतिशत बढेको छ । त्यस्तै जलविद्युतको शून्य दशमलव शून्य ५ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत परिसूचक बढेको छ । यो अवधिसम्म नौं समूहको परिसूचक घटेको छ ।
सर्वाधिक कारोबार तेस्रो घण्टामा नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ४० लाख ९० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस अवधिमा कामना सेवा विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको शेयरमूल्य ५ दशमलव ७३ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया