आउनुहोस् भेटौ रामायणका प्रमुख पात्रहरुसंग
दशरथ अयोध्याका राजा, भगवान रामका पिता हुन्। उनका तीन श्रीमती कौशिल्या, कैकयी र सुमित्रा थिए । उनका छोराहरुमा राम, भरत, लक्ष्मण र शत्रुधन हुन्।कैकयी दशरथकी मन परेकी रानी थिइन। उनले रामलाई वनवास पठाई आफ्नो छोरा भरतलाई राजकुमार बनाउन बाध्य बनाएकी थिइन्। राम बनवास गएपछि दशरथको हृदयघातका कारण मृत्यु भयो।
राम रामायणका प्रमुख पात्र हुन्। उनलाई विष्णुका सातौं अवतार मानिन्छ। उनी अयोध्याका राजा दशरथ र रानी कौशिल्याका जेठा र सबैका प्रिय छोरा थिए । उनलाई सर्वगुण सम्पन्न पुरुष मानिन्छ। दशरथलाई उनकी दोस्री श्रीमती कैकयीले रामलाई राज शिंहासन छाडी १४ वर्ष वनबास पठाउन बाध्य बनाइकी थिइन् । उनले असुर राक्षस रावणको बध गरे। पछि उनले सितालाई फिर्ता ल्याए।
यस कथाका अर्का मुख्य पात्र हुन सीता। उनलाई धर्ती पुत्री पनि भनिन्छ । उनी राजा जनककी धर्मपुत्री र भगवान रामकी धर्मपत्नी थिइन्। मिथिलाका राजा जनकले आयोजना गरेको राजकुमारहरुको सभामा रामले शिवधनुष तोडि सीतासंग विहे गर्ने मौका पाएका हुन्। यो सभा सीताका लागि सुयोग्य वर खोज्नका लागि आयोजना गरिया थियो। सीता विष्णुकी जिवनसंगिनी लक्ष्मीकी अवतार हुन्। सीतालाई सर्वगुण सम्पन्न नारी मानिन्छ । उनी रामसंगै वनबास जादा रावणले हरण गरेको थियो। रामले रावणलाई नहराउदासम्म सीतालाई लंका स्थित बन्दी बनाइएको थियोे । पछि उनले लव कुशलाई जन्म दिइन्।
यस कथाका अर्का प्रमुख पात्र हुन भरत । उनी राजा दशरथ र रानी कैकयीका छोरा थिए । उनले आफ्नी आमाले रामलाई बनबास पठाउन बाध्य बनाएको कुरा थाहा पाएपछि दरबार त्यागी रामको खोजिमा जंगल हिडेका थिए । रामले फिर्ता आउन नमाने पछि उनले रामका चप्पल राजगद्दीमा लगाई वास्तविक राजा राम मान्याका थिए। रामको अनुपस्थितिमा भरत १४ वर्ष अयोध्याका राजा रहे। पछि उनले माण्डवीसंग विवाह गरे।
त्यस्तै यस कथाका अर्का प्रमुख पात्र हुन लक्ष्मण । लक्ष्मण रामका कान्छा भाइ हुन् । उनले रामसंगै बनबास जाने निर्णय गरेका थिए । उनी राजा दशरथ र रान सुमित्राका छोरा थिए । शत्रुधन उनका जुम्ल्याहा भाइ हुन्। लक्ष्मणलाई शेषनागका अवतारमा चित्रण गरिन्छ जो भगवान विष्णुसंग सम्बन्धित छ। उनले राम र सीतालाई बचाउन असुर सुर्पणखासंग लडाइ गरे।
उनलाई मरिच राक्षसले राम संकटमा रहेको झुठो खबर सुनाई ठगेको थियो । उनी गएपछि रावणले सीतालाई हरण गरेको थियो । लक्ष्मणको विवाह सीताकी बहिनी उर्मिलासंग भएको थियो । त्यस्तै यस कथाका अर्का पात्र हुन शत्रुधन । शत्रुघन राजा दशरथ र रानी सुमित्राका छोरा हुन् । उनि रामका कान्छा भाइ र लक्ष्मणका जुम्ल्याहा भाइ हुन्। उनको विवाह श्रुतकृतीसंग भएको थियो ।
प्रतिक्रिया