तीन दिन लगातार घटेको बजार बिहीबार एक घण्टामै १३.२९ अंक बढ्यो
काठमाडौं । यो साता दोस्रो कारोबार दिन सोमबारदेखि घटेको बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने बढेको छ । यो दिन एक घण्टामा बजार १३ दशमलव २९ अंक बढेर १ हजार ५६३ दशमलव ७२ विन्दुमा पुगेको हो ।
त्यस्तै ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ३१ अंक बढेर ३०९ दशमलव ४९ विन्दुमा पुगेको छ । बिहीबार एक घण्टामा १७१ कम्पनीको ५१ करोड ४१ लाख ४२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो रकम बराबरको २१ लाख ३ हजार ९०९ कित्ता शेयर कारोबार भएको हो ।
यस दिन एक घण्टाको कारोबारमा जलविद्युत समूहको शून्य दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५५ प्रतिशत परिसूचक घटेको छ भन अन्य १० समूहको बढेको छ । बिहीबार होटल समूहको परिसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ समूहको १ दशमलव २६ प्रतिशत, विकास बैंकको १ दशमलव ७३ प्रतिशत, वित्तको शून्य दशमलव २४ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १२ प्रतिशत, अन्यको शून्य दशमलव शून्य ७ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य २ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८९ प्रतिशत परिसूचक बढेको छ ।
बिहीबार १६ प्रतिशत लाभांश घोषणा गरेको बैंक अफ काठमाडौंको सर्वाधिक रकमको कारोबार भएको छ । बैंक अफ काठमाडौंको एक घण्टामा ५ करोड ९० लाख ३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस अवधिसम्म घलेम्दी हाइड्रोको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशत बढेको छ भने माउण्टेन हाइड्रोको शेयरमूल्य सर्वाधिक ३ दशमलव ९२ प्रतिशत घटेको छ ।
प्रतिक्रिया