सोमबार, वैशाख ८, २०८२

दोस्रो घण्टामा १४.२२ अंक बढ्यो नेप्से, १ अर्ब ४० करोडको कारोबार

नेपालखोज २०७७ असोज १५ गते १३:१८

काठमाडौं । बिहीबार दोस्रो घण्टामा नेप्से परिसूचक १४ दशमलव २२ अंक बढेको छ । यो अवधिमा नेप्से परिसूचक १ हजार ५६४ दशमलव २२ विन्दुमा पुगेको हो । यस अवधिसम्म १९० कम्पनीको १ अर्ब ४० करोड रूपैयाँ बराबरको ५३ लाख ८६ हजार ४२८ कित्ता शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार यस अवधिसम्म पनि बैंक अफ काठमाडौं लिमिटेडको भएको छ । बैंक अफ काठमाडौंको दोस्रो घण्टामा ९ करोड ५६ लाख ६८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यो अवधिसम्म कर्पोरेट डेभलपमेण्ट बैंक र दिव्यश्वरी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । त्यस्तै माउण्टेन हाइड्रो र पञ्चकन्यामाई हाइड्रोको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । दोस्रो घण्टासम्मको कारोबारमा जलविद्युत समूहको परिसूचक सर्वाधिक १ दशमलव ६९ प्रतिशतले घटेको छ । बिहीबार विकास समूहको सर्वाधिक २ दशमलव ४४ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २ दशमलव ३९ प्रतिशत, होटलको २ दशमलव २४ प्रतिशत र निर्जीवन बीमा समूहको २ दशमलव ४४ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङको १ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५ प्रतिशत, अन्य शून्य दशमलव २७ प्रतिशत र लघुवित्तको शून्य दशमलव ५१ प्रतिशत परिसूचक बढेको छ ।

प्रतिक्रिया