ब्याटिङ वरीयतामा नेपालकी उपकप्तान सिताको वरीयता सुधार
नेपालखोज
२०७७ असोज १५ गते १९:५७
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपालकी उपकप्तान सिता राना मगरको वरीयता सुधार भएको छ ।
आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता तीन स्थान सुधार भएको हो । नयाँ वरीयतामा सिता ८५ औं स्थानमा रहेकी छिन् । सिता अघिल्लो वरीयतामा ८८ औं स्थानमा रहेकी थिइन् ।
सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् । यस अघि पूर्व कप्तान नेरी थापा बलिङ तर्फको शीर्ष सय भित्र पर्दै आएकी थिइन् । तर, यस पटक उनी शीर्ष सयमा पर्न असफल भएकी छिन् ।
महिला टी–ट्वान्टी वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ । नेपालले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन् ।
सम्बन्धित
प्रतिक्रिया