मंगलबार, वैशाख ९, २०८२

फरवार्ड लेवान्डोस्की सर्वोत्कृष्ट यूईएफए पुरुष खेलाडीमा चुनिए

नेपालखोज २०७७ असोज १६ गते ७:५२

एजेन्सी । बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की सन् २०१९–२० सिजनको सर्वोत्कृष्ट यूईएफए पुरुष खेलाडी चुनिएका छन् । ३२ वर्षीय पोल्याण्डका स्ट्राइकरलेर्नका बाय समकक्षी म्यानुअल नुयर र म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुयनालाई पछि पार्दै उक्त उपाधि हात पार्न सफल भएका हुन् ।

गत सिजन बायर्नले च्याम्पियन्स लिग, बुन्डेस लिगा र जर्मन कप जित्दा लेवान्डोस्कीले ४७ खेलमा ५५ गोल गर्न सफल भएका थिए । युरोपको शीर्ष पाँच लिगमा उनले अन्य खेलाडीमा १६ गोल बढी गरे । बायर्नलाई छैटौँ युरोपियन उपाधि दिलाएका ह्यान्सी फ्लीक उत्कृष्ट पुरुष प्रशिक्षक चुनिए ।

वर्षको उत्कृष्ट गोलकिपर नुयर छानिए भने डिफेन्डरमा बायर्न कै जोसुआ किमिच चुनिए । डि ब्रुयना उत्कृष्ट मिडफिल्डर बन्दा उत्कृष्ट फरवार्ड रोबर्ट लेवान्डोस्की बने । चेल्सीकी फरवार्ड पर्नेली हार्डर उत्कृष्ट महिला खेलाडी चुनिइन् भने चेल्सी र आइभोरी कोस्टमा पूर्व खेलाडी डिडिएर ड्रोग्बालाई यूइएफए प्रेसिडेन्डस् अवार्डबाट सम्मानित गरियो ।

प्रतिक्रिया