कोरोना कहरकै बीच अक्षयको ‘बेल बटम’ को छायांकन सम्पन्न
नेपालखोज
२०७७ असोज १६ गते ८:४९
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बेल बटम’ को कोरोना कहरका बिच छायांकन पूरा गरेको छ। फिल्मको छायांकन सकिए लगत्तै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ।
महामारीको असहज समयमा बन्दाबन्दीकै बीचमा फिल्म निर्माण टोलीले छायांकनको काम फत्ते गरेर कोरोना सँगसँगै अगाडि बढ्नुपर्ने उदाहरण प्रस्तुत गरेको छ। अक्षयले फिल्मको पोस्टर इन्स्टाग्राममा शेयर गरेका छन्।
पछिल्लो समय यो फिल्मका कलाकार र निर्माण टोली बेलायत गएको थियो। त्यहाँ अगस्टदेखि सेप्टेम्बरको बीचमा छायांकन गरिएको थियो। फिल्मको प्रदर्शन मिति २ अप्रिल २०२१ का लागि तय गरिएको छ। बन्दाबन्दीका बेला भारतमा बन्द गरिएका सिनेमाहल यही १५ अक्टोबरदेखि खुला गरिने त्यहाँको सरकारले निर्णय गरिसकेको छ।
सम्बन्धित
प्रतिक्रिया