मंगलबार, वैशाख ९, २०८२

आईपीएल २०२० : चेन्नईविरुद्ध हैदराबादको जित

नेपालखोज २०७७ असोज १७ गते ७:१८

एजेन्सी । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

दुबईमा शुक्रबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

चेन्नईका रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार रोक्न सकेनन् । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रन बनाए । साम करन १५ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

चेन्नईका दिपक चाहरले दुई विकेट लिए । शार्दुल ठाकुर र पियुस चावालाले १र१ विकेट लिए । जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ । चेन्नईको यो तेस्रो हार हो । चेन्नईले ४ खेलमा २ अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया