बैंकिङ क्षेत्रको कुुल चुक्ता पुंजी तीन खर्ब ३० अर्ब नाघ्यो
काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी तीन खर्ब ३० अर्ब ८० करोड ६० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको साउन मसान्तसम्ममा लघुुबित्त बित्तीय संस्था बाहेकका बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी उक्त अनुुपातमा पुुगेको हो ।
यसअवधिमा बाँणिज्य बैंकहरुको मात्र कुल चुक्ता पुंजी दुुई खर्ब ८४ अर्ब ८१ करोड १० लाख रुपैयाँ पुुगेको छ । राष्ट्र बैंकले बित्तीय क्षेत्रलाई थप सवल बनाउने उद्देश्य अनुुरुप बासेल ३ लाई पुर्णरुपमा कार्यान्वयनमा ल्याएपछि बाँणिज्य बैंकहरुले तत्कालीन चुक्ता पुंजी दुई अर्बलाई बढाएर आठ अर्ब रुपैयाँ कायम गरेकाकारण पनि बैंकहरुको चुक्ता पुंजी बढेको हो ।
राष्ट्र बैंकका अनुुसार बिकास बैंकहरुको कुुल चुक्ता पुंजी भने यस अवधिमा ३१ अर्ब ९६ करोड ४० लाख रुपैयाँ रहेको छ । यसअघि बिकास बैकहरुको कुुल चुक्ता पुंजी ३७ अर्ब ५६ करोड १० लाख रुपैंयाँ रहेको भएपनि धेरै वटा बिकास बैंकहरु मर्जर तथा प्राप्तीमा सामेल भएपछि बिकास बैकहरुको कुुल चुक्ता पुंजी पछिल्लो अवधिमा घटेको हो । यसैगरी फाईनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी भने यस अवधिमा १४ अर्ब तीन करोड १० लाख रुपैयाँ पुुगेको छ ।
राष्ट्र बैंकका अनुुसार यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुुल निक्षेप रकम भने ३९ खर्ब ३४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने कुुल कर्जा रकम ३२ खर्ब ५४ अर्ब दुई करोड ८० लाख रुपैयाँ पुुगेको छ । सो अवधिमा बाँणिज्य बैंकहरुको मात्र निक्षेप रकम ३४ खर्ब ८० अर्ब ६९ करोड ५० लाख रुपैयाँ पुुगेको छ भने कर्जा रकम २८ खर्ब ८६ अर्ब ४० करोड १० लाख रुपैयाँ पुुगेको छ ।
यसैगरी बिकास बैंकहरुको निक्षेप रकम तीन खर्ब ६४ अर्ब २० करोड ६० लाख रुपैयाँ पुुगेको छ भने कर्जा रकम दुुई खर्ब ९२ अर्ब ७७ करोड १० लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालुु आवको साउन मसान्तसम्ममा फाईनान्स कम्पनीह्रुको कुुल निक्षेप रकम ८९ अर्ब ८७ करोड ९० लाख रुपैैयाँ पुुगेको छ भने कुुल कर्जा रकम ७४ अर्ब ८५ करोड ६० लाख रुपैयाँ पुुगेको छ ।
बैंक तथा फाईनान्स कम्पनीहरुको कुुल चुक्ता पुंजी (रकम रु दश लाखमा)
बिवरण बाँणिज्य बैंक बिकास बैंक फाईनान्स कुुल
चुक्ता पुंजी २८४८११ ३१९६४ १४०३ ३३०८०६
निक्षेप ३४८०६९५ ३६४२०६ ८९८७९ ३९३४७८०
कर्जा २८८६४०१ २९२७७१ ७४८५६ ३२५४०२८
(श्रोत नेपाल राष्ट्र बैंक)
प्रतिक्रिया