मंगलबार, वैशाख ९, २०८२

आईपीएल २०२० : दिल्ली क्यापिटल्सद्वारा कोलकत्ता नाइट राइडर्स १८ रनले पराजित

नेपालखोज २०७७ असोज १८ गते ८:२८

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । जितसँगै ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया