मंगलबार, वैशाख ९, २०८२

राष्ट्र बैंकले पुन २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्ने

नेपालखोज २०७७ असोज १८ गते १३:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार असोज १९ गते अर्थात भोलि सोमबार अपरान्ह ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको हो ।

यसरी जारी गरिने ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । जारी गरिने ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको २० अर्ब रुपैयाँ रहेको छ । यस मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुुस २१ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७७ चैत्र १४ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही असोज १२ गते पनि राष्ट्र बैंकले ३ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री बिल जारी गरेको थियो ।

प्रतिक्रिया