सोमबार, वैशाख ८, २०८२

दोस्रो घण्टामा साढे १ अर्बमाथीको शेयर कारोबार, शिवम् सिमेण्ट्सको सर्वाधिक हिस्सा

नेपालखोज २०७७ असोज १८ गते १३:२४

काठमाडौं । आइतबार दोस्रो घण्टामै १ अर्ब ५० करोड २१ लाख ८२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिमा १८६ कम्पनीको उक्त रकम बराबरको ५० लाख ७९ कित्ता शेयर कारोबार भएको हो । दोस्रो घण्टाका परिसूचक १३ दशमलव २७ अंक बढेर १ हजार ५८४ दशमलव ३१ विन्दुमा छ ।

आइतबार परिसूचक सँगै कारोबार रकममा पनि बृद्धि देखिएको छ । दोस्रो घण्टामा पनि शिवम् सिमेण्ट्सकै सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो अवधिमा शिवम् सिमेण्ट्सको १५ करोड ४१ लाख ७७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यो अवधिसम्म कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव ८४ प्रतिशतले सर्वाधिक बढेको छ ।

आइतबार ९ प्रतिशतभन्दा बढीले शेयरमूल्य जलविद्युत कम्पनीहरुको घटेको छ । दोस्रो घण्टामा युनियन हाइड्रोको ९ दशमलव ८४ प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ७६ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९ दशमलव ५७ प्रतिशत र खाँनीखोला हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ४० प्रतिशतले घटेको छ । दोहोरो अंकले बढीरहेको बजारमा जलविद्युत समूहको १ दशमलव ६१ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ८८ प्रतिशतले परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । आइतबार दोस्रो घण्टाको कारोबारमा उत्पादत तथा प्रशोधन समूहको सर्वाधिक २ दशमलव ८७ प्रतिशत परिसूचक बढेको छ ।

प्रतिक्रिया