मंगलबार, वैशाख ९, २०८२

सानिमा इक्विटी फण्डले ७ प्रतिशत लाभांस दिने घोषणा

नेपालखोज २०७७ असोज १८ गते १४:५८

काठमाडौं । सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि प्रतिफल घोषणा गरेको छ । फण्डले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट इकाइधनीहरुको लागि आक्षेरुपी एक अर्ब ३० करोडको ७ प्रतिशत (करसहित) लाभांश दिने भएको छ ।

सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित सानिमा इक्विटी फण्डको व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त प्रतिफल वितरण गर्ने प्रयोजनका लागि गरिने इकाइधनी दर्ता किताब बन्द सम्बन्धी सूचना केही समय पछि प्रकाशित हुने जानकारी आइतबारको विज्ञप्ती मार्फत दिएका छन् ।

प्रतिक्रिया