आइतबार शेयर बजार १४.७१ अंकले बढ्यो, शिवम् सिमेण्ट्सको शेयरमा लगानीकर्ताको उच्च आकर्षण
काठमाडौं । साताको पहिलो दिन शेयर बजार १४ दशमलव ७१ अंक बढेर १ हजार ५८५ दशमलव ७५ विन्दुमा पुगेको छ । गत बिहीबार २० दशमलव ६१ अंक बढेर १ हजार ५७१ दशमलव शून्य ४ विन्दुमा बन्द भएको बजार आइतबार १ हजार ५७७ दशमलव ७८ विन्दुदेखि खुलेको थियो । यो दिन कारोबारको सात मिनेटमै नेप्से परिसूचकले १ हजार ५८८ को विन्दुमा टेकेको थियो । यो दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव १९ अंक बढेर ३१२ दशमलव ३५ विन्दुमा पुगेको छ ।
आइतबार ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो दिन १९५ कम्पनीको उक्त रकम बराबरको १ करोड ७ लाख १३ हजार कित्ता शेयर खरिद विक्री भएको हो । यस दिन सर्वाधिक रकमको शेयर कारोबार शिवम् सिमेण्ट्सको भएको छ । शिवम् सिमेण्ट्सको आइतबार २६ करोड ८६ लाख १२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको शिवम् सिमेण्ट्सको आइतवार शेयरमूल्य पनि सर्वाधिक बढेको छ । शिवम्को शेयरमूल्य यो दिन ९ दशमलव ५० प्रतिशत अर्थात प्रतिकित्ता रू. ७२ ले बढेको हो । यो दिन शिवम् सहित तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यो दिन सर्वाधिक कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव ८४ प्रतिशत बढेको छ भने प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य ९ दशमलव ४५ प्रतिशतले बढेको छ ।
आइतबार दोहोरो अंकले बढेको बजारमा म्यचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन म्यचुअल फण्डको परिसूचक सर्वाधिक ३ दशमलव २१ प्रतिशतले घटेको छ । आइतबार कारोबारमा आएका १२ समूहमध्य म्युचुअल फण्ड र जलविद्युत समूहको मात्र परिसूचक घटेको हो । यस दिन जलविद्युत समूहको परिसूचक १ दशमलव १८ प्रतिशत घटेको हो ।
यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४ दशमलव ७८ प्रतिशत बढेको छ । यस्तै बैंकिङ्को १ दशमलव २४ प्रतिशत, व्यापारिक १ दशमलव ४९ प्रतिशत, होटल शून्य दशमलव ६८ प्रतिशत, विकास बैंक १ दशमलव २१ प्रतिशत, वित्त शून्य दशमलव ३१ प्रतिशत, निर्जीवन बीमा शून्य दशमलव ३ प्रतिशत, अन्य १ दशमलव १ प्रतिशत, लघुवित्त शून्य दशमलव १६ प्रतिशत र जीवन बीमाको परिसूचक शून्य दशमलव ४७ प्रतिशत बढेको छ ।
आइतबार सर्वाधिक शेयरमूल्य घट्नेमा जलविद्युत कम्पनीहरु रहेका छन् । यो दिन तीन जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । युनियन हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत , दिव्यश्वरी हाइड्रोको ९ दशमलव ५७ प्रतिशत र खाँनीखोला हाइड्रोको शेयरमूल्य ९ दशमलव ४० प्रतिशत घटेको हो ।
प्रतिक्रिया