सोमबार, वैशाख ८, २०८२

सोमबार दोस्रो घण्टामा २.४३ अंक बढ्यो नेप्से, एक अर्बभन्दा बढीको शेयर कारोबार

नेपालखोज २०७७ असोज १९ गते १३:२१

काठमाडौं । सोमबार दोस्रो घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक २ दशमलव ४३ अंक बढेको छ । यस अवधिमा परिसूचक  एक हजार ५८८ दशमलव १८ विन्दुमा पुगेको हो । ठुला कम्पनीहरुको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यो बेलासम्म शून्य दशमलव ९४ अंक बढेर ३१३ दशमलव २८ विन्दुमा पुगेको छ ।

दोस्रो घण्टामा सोमबार १ अर्ब ६ करोड ३६ लाख ६७ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । १८४ कम्पनीको उक्त रकम बराबरको ३८ लाख ३३ हजार ६४९ कित्ता शेयर खरिद विक्री भएको हो । सोमबार सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । दोस्रो घण्टासम्म नेपाल पुनर्बीमा कम्पनीको १० करोड ४८ लाख ६३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
यो दिन जलविद्युत र विकास बैंक समूहको परिसूचक सर्वाधिक बढेको छ । जलविद्युत समूहको १ दशमलव २२ प्रतिशतले र विकास बैंक समूहको १ दशमलव १ प्रतिशतले परिसूचक बढेको हो । यो अवधिसम्म रैराङ हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बृद्धि भएको छ ।

प्रतिक्रिया