मंगलबार, वैशाख ९, २०८२

सन्राइज फस्ट म्युचुअल फण्डको प्रतिफल सोमबारदेखि वितरण सुरु

नेपालखोज २०७७ असोज १९ गते १३:४५

काठमाडौं । सन्राइज फस्ट म्युचुअल फण्डले ७ प्रतिशत नगद लाभांश असोज १९ गतेदेखि सम्बन्धित इकाईधनीहरुको बैंक खातामा वितरण गर्न सुरु गरेको छ । सन्राइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले आर्थिक वर्ष २०७६/७७ को लागि कर सहित ७ प्रतिशत नगद लाभंश वितरण गरेको हो ।

प्रतिफल प्रयोजनका लागि योजनाले असोज ११ गते एक दिन बुक क्लोज गरेकाले असोज ८ गते बिहीबारसम्म कायम इकाईधनीहरुले मात्र यो लाभांश पाउनेछन् । आफ्नो इकाई धितो राखेका इकाईधनीहरुले भने प्रतिफलका लागि सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । यस योजनाले ८ करोड ६० लाख इकाई विक्री गरेको थियो ।

 

प्रतिक्रिया