नेपाल फाइनान्सलाई हकप्रद विक्री गर्न बोर्डको अनुमति
नेपालखोज
२०७७ असोज १९ गते १३:५१
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले १२५ प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । कम्पनीले सो अनुपातमा रू. १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर विक्री गर्न असोज १९ गते बोर्डको अनुमति पाएको हो ।
यो हकप्रद शेयर विक्री गर्न कम्पनीले गत फागुन २९ गते बोर्डमा निवेदन दिएको थियो । यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. २२ करोड ७ लाख ३१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले १२५ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया