मंगलबार, वैशाख ९, २०८२

सानिमा बैंकको दशैं धमाका योजना सार्वजनिक

नेपालखोज २०७७ असोज २० गते १०:००

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिसत वा अधिकतम् रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फष्र्ट कम फस्र्ट सर्भको आधारमा छुट प्रदान गरिने छ । यो योजना यही १९ आश्विन देखि कात्र्तिक २ गतेसम्म, दुई साताका लागि लागू हुनेछ ।

बैकको हाल सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया