तेस्रो घण्टामा १ अर्ब ६३ करोडभन्दा बढीको शेयर कारोबार, सानिमामाई हाइड्रोको सबैभन्दा बढी
काठमाडौं । मंगलबार तेस्रो घण्टाको कारोबारमा १ अर्ब ६३ करोड ७९ लाख ६४ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । यो अवधिमा १९५ कम्पनीको उक्त रकम बराबरको ६६ लाख ८२ हजार कित्ता शेयर खरिद विक्री भएको छ ।
मंगलबार कुल कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत कम्पनीहरुले ओगटिरहेका छन् । तेस्रो घण्टामा सानिमामाई हाइड्रोको सर्वाधिक ९ करोड ५ लाख २१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म जलविद्युत समूहको परिसूचक ३ दशमलव ५ प्रतिशत बढेको हो । सर्वाधिक रकमको कारोबारमा हिस्सा बनाएका जलविद्युत कम्पनीहरुले नै यो दिन सर्वाधिक कमाएका छन् ।
तेस्रो अवधिसम्म ङदी ग्रुप पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल फाइनान्सको शेयरमूल्य पनि १० प्रतिशतले नै बढेको छ । तेस्रो घण्टामा नेप्से परिसूचक एक दशमलव २२ अंक बढेर एक हजार ५८३ दशमलव ३४ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया