मंगलबार, वैशाख ९, २०८२

ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ती गर्ने

नेपालखोज २०७७ असोज २१ गते १२:०१

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्स लघुुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ । प्राप्ती सम्वन्धी प्रकृया सुरु गर्नको लागि संस्थाको यही असोज २० गते मंगलबार बसेको सञ्चालक समितीको एक सय १८ औं बैठकले गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुर अवस्थित स्पर्स लघुवित्त वित्तीय संस्था लि. बाट प्राप्ति (एक्विजिसन) गर्नका लागि प्रस्ताव आएको जानकारी दिएको हो ।

सो प्रस्ताव अनुसार उक्त संस्था प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोबार वृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहँुचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने देखिएको संस्थाले जानकारी दिएको छ । सोही विश्लेषणका आधारमा गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरमा केन्द्रिय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय भई सोही दिन प्राप्ती सम्बन्धि सहमति हस्ताक्षर भएको जानकारी संस्थाले दिएको छ । सम्झौतामा ग्लोबल आइएमईका तर्फबाट संस्थाका अध्यक्ष बुुद्धि अकेला र स्पर्सका तर्फबाट अध्यक्ष प्रा. डा. शुुशिल भक्त माथेमाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया