बुधबार एक घण्टामा ६७ करोडभन्दा बढीको शेयर कारोबार, परिसूचक ६.४९ अंकले माथी उक्लियो
काठमाडौं । बुधबार एक घण्टामा ६७ करोड ३ लाख ६३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म उक्त रकम बराबरको १७२ कम्पनीको ३० लाख २७ हजार कित्ता शेयर कारोबार भएको हो । बुधबार सर्वाधिक रकमको कारोबार युनाइटेड मोदी हाइड्रोको भएको छ । युनाइटेड मोदी हाइड्रोको बुधबार एक घण्टामा ६ करोड २२ लाख ४० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । यो दिन बजार ६ दशमलव ४९ अंक माथी उक्लिएर १ हजार ५९२ दशलमव ७८ विन्दुमा पुगेको छ । यो अवधिमा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ प्रतिशत बढेर ३१४ दशमलव १६ विन्दुमा पुगेको छ ।
बुधबार पनि जलविद्युत समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७१ प्रतिशतले बढेको छ । यो दिन बैंकिङ, व्यापारिक , होटल, विकास बैंक, अन्य र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन नेशनल हाइड्रोपावर, बरुण हाइड्रो र साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया