बुधबार जलविद्युत कम्पनीको सेयरप्रति लगानीकर्ताको उच्च आकर्षण, दोस्रो घण्टामा कुल कारोबार १ अर्ब ३६ करोडभन्दा बढी
काठमाडौं । बुधबारको कारोबारमा जलविद्युत कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको आकर्षण उच्च देखिएको छ । दोस्रो घण्टासम्म यस दिन १८८ कम्पनीको १ अर्ब ३६ करोड ४६ लाख ४६ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल कारोबारमा सबैभन्दा बढी हिस्सा जलविद्युत कम्पनीहरुले ओगटेका छन् । दोस्रो घण्टासम्म सर्वाधिक रकमको कारोबार गर्नेमा दश जलविद्युत कम्पनीहरु रहेका छन् । बुधबार समूहगत परिसूचक पनि सर्वाधिक ४ दशमलव ४९ प्रतिशतले जलविद्युत समूहको बढेको छ ।
यो अवधिसम्म अरुण कावेली पावरको सर्वाधिक रकम ८ करोड २४ लाख ४४ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव ५८ अंक बढेर १ हजार ५८९ दशमलव ८७ विन्दुमा पुगेको छ । यस अवधिसम्म ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५५ अंक बढेर ३१३ दशमलव ७७ विन्दुमा पुगेको छ । बढेको बजारमा बुधबार दोस्रो घण्टासम्म बैंकिङ, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्डको परिसूचक घटेको छ ।
प्रतिक्रिया