आईपीएल २०२० : आज चेन्नई र कोलकत्ता भिड्दै
नेपालखोज
२०७७ असोज २१ गते १९:१३
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज साविक उपविजेता चेन्नई सुपर किङ्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा चेन्नई आफ्नो छैटौं र कोलकत्ता पाँचौं खेलका लागि मैदान उत्रने छन् । चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा चेन्नई तेस्रो खोजीमा हुनेछन् । अघिल्ला पाँच खेलमा चेन्नईले २ जित र ३ हार व्यहोरेको थियो ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई ५ खेलमा ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पनि तेस्रो जितको खोजीमा हुनेछ । कोलकत्ताले अघिल्ला ४ खेलमा २ जित र २ हार व्यहोरेको थियो । कोलकत्ता चौंथो स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया