कोरोना संक्रमण मुक्त नहुँदै ट्रम्प काममा फर्किए
नेपालखोज
२०७७ असोज २२ गते ९:५६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणमुक्त नभइकन काममा फर्किएका छन् । उनलाई कोभिड १९ को कुनै लक्षण नभएको चिकित्सकले बताएलगत्तै आजबाट काममा फर्किएका हुन् ।
ट्रम्पले आफूले सुविस्ता महशुश गरेको जनाएका थिए । उनले ईश्वरको आशिर्वादले आफूले राम्रो अनुभव गरिरहेको बताएका थिए । ट्रम्पका चिकित्सक सियन कोन्लेले उनलाई चार दिनयता ज्वरो नआएको र २४ घन्टायता कोभिड १९ को लक्षण नभएको बताएका थिए ।
यसअघि उनी हिजो अस्पतालबाट ह्वाइट हाउस फर्किएका थिए । ट्रम्पले ह्वाइट हाउस फर्किएर मास्क फुकालेको दृश्य सार्वजनिक भएको थियो । त्यसको कतिपयले आलोचना गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया