सोमबार, वैशाख ८, २०८२

बिहीबार एक घण्टामा ६६ करोडभन्दा बढीको शेयर कारोबार, परिसूचक २.७४ अंकले बढ्यो

नेपालखोज २०७७ असोज २२ गते १२:३४

काठमाडौं । बिहीबार एक घण्टामा नेप्से परिसूचक २ दशमलव ७४ अंक बढेर हजार ६०३ दशमलव ७१ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६६ अंक बढेर ३१७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यो दिन एक घण्टामा ६६ करोड ३८ लाख ३८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म १७२ कम्पनीको सो रकम बराबरको २७ लाख ९२ हजार ६४२ कित्ता शेयर खरिद विक्री भएको हो ।

यो दिन वित्त कम्पनीको शेयर खरिदमा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ । कारोबारमा आएका १२ समूहमध्य वित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव २९ प्रतिशत बढेको छ । त्यस्तै यो दिन होटल समूहको परिसूचक पनि १ दशमलव १ प्रतिशत बढेको छ भने जलविद्युत र व्यापारिक समूहको परिसूचक भने घटेको छ । व्यापारिकको शून्य दशमलव २७ प्रतिशत र जलविद्युतको शून्य दशमलव शून्य ७ प्रतिशतले परिसूचक घटेको हो ।

बिहीबार एक घण्टाको कारोबारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक रकमको कारोबार भएको छ । यस कम्पनीको ४ करोड १६ लाख २० हजार रूपैयाँ भन्दा बढीको शेयर कारोबार भएको हो । यस दिन कर्णाली डेभलपमेण्ट बैंक र समृद्धि फाइनान्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया