दोस्रो घण्टामै एक अर्ब ३० करोडभन्दा बढीको शेयर कारोबार, लगानीकर्ताहरुको आकर्षण वित्त कम्पनीहरुको शेयर उच्च
काठमाडौं । साताको अन्तिम दिन बिहीबार दुई घण्टाको कारोबारमै एक अर्ब ३० करोड ८५ लाख ४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म यस १८५ कम्पनीको उक्त रकम बराबरको ५३ लाख ९८ हजार ९९१ कित्ता शेयर कारोबार भएको हो ।
दोस्रो घण्टासम्ममा बजार २ दशमलव ९९ अंक बढेर १ हजार ६०३ दशमलव ९६ विन्दुमा पुगेको छ । यो दिन वित्त कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण उच्च देखिएको छ । दोस्रो घण्टाको कारोबारसम्म कारोबारमा आएका १२ समूहमध्य वित्त समूहको परिसूचकमा सर्वाधिक ४ दशमलव ७२ प्रतिशत बढेको छ । यस अवधिसम्म व्यापारिक समूहको शून्य दशमलव २२ प्रतिशत , होटलको १ दशमलव ६८ प्रतिशत, जलविद्युतको शून्य दशमलव ९९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । दोस्रो घण्टासम्ममा मल्टिपर्पस फिनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै कर्णाली डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स र ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।
प्रतिक्रिया