बुधबार, वैशाख १०, २०८२

बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्प अनिच्छुक

नेपालखोज २०७७ असोज २२ गते २१:४०

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिश्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् ।

अर्को हप्ता हुने तय भएको बसहमा आफु सहभागी हुन नचाहेको उनले विहीबार जानकारी दिए । कोरोनाभाइरसबाट सङ्क्रमित भइ अस्पताल बसेर फेरी निवास फर्किनु भएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरेका छन् ।

“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने। राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका छन् । उनिहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका थिए ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिश्पर्धा गर्न लागेका छन् ।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिश्पर्धा हुन लागेको छ । उनिहरुका बीचमा पहिलो बहस बिहीबार भएको थियो ।

प्रतिक्रिया