बुधबार, वैशाख १०, २०८२

अमेरिकी कवियत्री लुइसलाई नोबेल पुरस्कार दिने घोषणा

नेपालखोज २०७७ असोज २२ गते २२:०१

एजेन्सी । अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उनलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोवेल पुरस्कार छनौट कमिटिले बिहीबार उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाचारमा जनाइको छ ।

नोवेल पुरस्कारको ११२ वर्षीय इतिहासमा नोवेल साहित्य पुरस्कार पाउने उनि १६औ महिला साहित्यकार हुन् । न्युयोर्कमा जन्मिनु भएकी ग्लुक अहिले ७७ बर्षको भइन्। उनि याले विश्वविद्यालयको संकाय सदस्य पनि हुन् ।

उहाँलाई कवितामा मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु कवियत्रीका रुपमा चिनिन्छ ।उहाँले सन् १९९३ मा द वाईल्ड आईरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा नेस्नल बुक अवार्ड पनि पाउनु भएको थियो ।

यस बर्ष नोवेल पुरस्कार घोषणा गर्नेक्रममा चिकित्साशास्त्र, भौतिक शास्त्र र रसायनशास्त्रका विजेताको नाम यसअघि नै घोषणा भइसकेको छ ।साहित्य तर्फको नोवेल पुरस्कार गत बर्ष पोल्याण्डका लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटककार पिटर हान्क दुवैलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

प्रतिक्रिया