मंगलबार, वैशाख ९, २०८२

सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बीच सम्झौता

नेपालखोज २०७७ असोज २३ गते ११:५६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. का तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठ र बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक महानुभावहरुले स्वराज माज्दा (एसएमएल) ब्राण्डको कमर्सियल गाडीको आधिकारीक विक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा १२.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

बैंकको हाल सञ्चालनमा रहेका ९१ वटै शाखाहरुबाट ग्राहकलाई यस किसिमको कर्जा प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया