सोमबार, वैशाख ८, २०८२

साताको कारोबारले १८.५९ अंक माथी उक्लियो शेयर बजार, कुल बजारपूँजीकरण २१ खर्बभन्दा बढी

नेपालखोज २०७७ असोज २३ गते १६:१२

काठमाडौं । यो साताको कारोबारमा नेप्से परिसूचक गत साताभन्दा १८ दशमलव ५९ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार १ हजार ५७१ दशमलव शून्य ४ विन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार दिन १ हजार ५८९ दशमलव ६३ विन्दुमा बन्द भएको हो । यो साता नेप्सेले १ हजार ६०० विन्दु पार गरेर पनि तल झरेको हो । असोज २१ गते बुधबार बजार १ हजार ६०० दशमलव ९७ विन्दुमा बन्द भएको थियो । बिहीबार पनि कारोबार सुरु भएको ११ मिनेटमै बजार १ हजार ६१४ विन्दुमा पुगेको थियो । यस अघि गत फागुन १५ गते नेप्सेले १ हजार ६०० विन्दु पार गरेको थियो । यो सातापनि नेप्सेले सोहि उचाई पार गर्न सफल भएको थियो ।

यो साता पाँच कारोबार दिनमा दुई दिन बजार घटेको छ भने तीन दिन बढेको छ । साताको पहिलो दिन आइतबार १४ दशमलव ७१ अंकले बढेको बजार दोस्रो दिन न्यून अंक ३ दशमलव ६३ अंकले घटेको थियो । तेस्रो दिन ४ दशमलव १७ अंक र चौथो दिन १४ दशमलव ६८ अंकले बढेको बजार अन्तिम दिन भने ११ दशमलव ३४ अंकले घटेर बन्द भएको छ । अन्तिम कारोबार दिन लगानीकर्ताहरुले नाफा बुक गर्दा बजार दोहोरो अंकले घटेको हो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५९ अंकले माथी पुगेको छ । गत साताको अन्तिम कारोबार दिन ३१० दशमलव १५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३१४ दशमलव ७४ विन्दुमा पुगेको हो ।

यो साता कुल बजार पूँजीकरण रकम २१ खर्ब १८ अर्ब ८० करोड १० लाख रूपैयाँ पुगेको छ । सातामा कुल बजार पूँजीकरण रकममा २५ अर्ब ६५ करोड २० लाख रूपैयाँ बढेको हो । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण रकम रू. २० खर्ब ९३ अर्ब १४ करोड ९० लाख थियो । यो साता धेरैजसो जलविद्युत र वित्त कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

परिसूचकमा घटबढ देखिएपनि यो साता गत साताको भन्दा कारोबार रकम भने ३ अर्ब २२ करोड ७७ लाख ७४ हजार रूपैयाँ बढी भएको छ । यो साता पाँच दिनमा १४ अर्ब ६४ करोड ७३ लाख ८९ हजार रूपैयाँ बराबरको ५ करोड ४४ लाख १८ हजार र ६०३ कित्ता शेयर कारोबार भएको हो । गत साता ११ अर्ब ४१ करोड ९६ लाख १५ हजार रूपैयाँ बराबरको ५ करोड २२ लाख २५ हजार ३३३ कित्ता शेयर कारोबार भएको थियो ।

साताको बजारमा देखिएको परिवर्तनको अवस्था:

स्रोत : नेप्से

प्रतिक्रिया