अक्षय कुमारको लक्ष्मी बमको ट्रेलर सार्वजनिक
नेपालखोज
२०७७ असोज २३ गते १९:१०
एजेन्सी । अक्षय कुमार अभिनित बलिवुड फिल्म ‘लक्ष्मी बम’ ट्रेलर सार्वजनिक भएको छ। आगामी नोभेम्बर ९ मा सार्वजनिक हुने गरी फिल्मको ट्रेलर सार्वजनिक भएको हो।
फिल्ममा अक्षय कुमारका साथै कियरा आडवाणी, राघव लौरेन्सलगायतका कलाकार छन्। हरर कमेडी फिल्म लक्ष्मी बमको ट्रेलर ३ मिनेटभन्दा लामो छ। ट्रेलर सार्वजनिक हुनासाथ थुप्रैले यसलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्ममा अक्षयले समलिंगीको भूमिका निर्वाह गरेका छन्।
युट्युब मार्फत् सार्वजनिक गरिएको यसको ट्रेलरमा लाइक र डिसलाइक अप्सन हटाइएको छ। युट्युबमा भिडियोमा देखिने यो अप्सनमा देखिए पनि यो गणना हुने छैन।
अहिलेसम्म कति लाइक र डिसलाइक आए भन्ने कुराको गणना छैन् । केही समयअघि आलिया भट्टको एउटा फिल्मको ट्रेलर आउँदा डिसलाइकको रेकर्ड बनेको थियो।
सम्बन्धित
प्रतिक्रिया