सोमबार, वैशाख ८, २०८२

आइतबार एक घण्टामा १.०८ अंक बढ्यो बजार, ६२ करोडभन्दा बढीको शेयर कारोबार

नेपालखोज २०७७ असोज २५ गते १२:२६

काठमाडौं । आइतबार एक घण्टामा नेप्से परिसूचक १ दशमलव शून्य ८ अंक बढेर १ हजार ५९० दशमलव ७१ विन्दुमा पुगेको छ । १ हजार ५९४ दशमलव शून्य १ विन्दुदेखि खुलेको आइतवारको बजार एक घण्टाको कारोबारमा १ हजार ५७७ विन्दु झरेर उकालो लागेको हो । यस अवधिसम्म ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६३ अंक घटेर ३१४ दशमलव १४ विन्दुमा झरेको छ ।

एक घण्टामा आइतबार ६२ करोड १५ लाख १८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म १७८ कम्पनीको सो रकम बराबरको २४ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको हो । एक घण्टाको कारोबारमा सर्वाधिक रकमको कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । नेपाल लाइफको यस अवधिसम्म ६ करोड ११ लाख ५२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । एक घण्टामा आईसीएफसी फाइनान्सको शेयरमूल्य सर्र्वाधि ९ दशमलव ८२ प्रतिशतले बढेको छ भने अरुणभ्याली हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८ दशमलव ९२ प्रतिशत घटेको छ । आइतवार एक घण्टाको कारोबारमा वित्त र जीवन बीमा समूहप्रति लगानीकर्ताहरुको आकर्षण उच्च रहेको छ ।

एक घण्टाको कारोबारमा बैंकिङको शून्य दशमलव २ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य २ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य २ प्रतिशत परिसूचक घटेको छ । यो अवधिसम्म होटलको शून्य दशमलव शून्य २ प्रतिशत, विकास बैकको शून्य दशमलव ३७ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३५ प्रतिशत, वित्तको १ दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २ प्रतिशत, अन्यको शून्य दशमलव १७ प्रतिशत र जीवन बीमाको १ दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।

प्रतिक्रिया