राष्ट्र बैंकको १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी असोज २६ बाट बिक्री
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।जारी मिति असोज २७ गते तोकिएको ट्रेजरी खरिदको लागिबाँणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको ५ अर्ब, ९१ दिने अवधिको ८ अर्ब, एक सय ८२ दिने अवधिको २ अर्ब २५ करोड र ३ सय ६४ दिने अवधिको ३ अर्ब रुपैयाँको रहेको छ । सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ कात्र्तिक २५ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुस २८ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि विसं २०७७ चैत्र ३१ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि विसं २०७८ साल असोज २६ गते रहेको छ ।यसअघि यही असोज १९ गते पनि राष्ट्र बैंकले २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।
प्रतिक्रिया