आरएसडिसी लघुवित्तको लाभांश वितरण घोषणा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्तको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ९ प्रतिशत बोनस वितरण पश्चात पूँजी ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ पुग्नेछ ।
अघिल्लो आर्थिक वर्षमा ६ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको लघुवित्तको लाभांश ३.३७ प्रतिशतले घटेको हो । हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँ रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया