मंगलबार, वैशाख ९, २०८२

प्रभु लाईफद्वारा ६० करोड रुपैयाँको आईपिओको लागि बोर्डमा आवेदन

नेपालखोज २०७७ असोज २५ गते १४:४०

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको साधारण सेयर निष्काशनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुंजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता दुई अर्ब रुपैयाँ पुग्ने छ ।

 

प्रतिक्रिया