सोमबार, वैशाख ८, २०८२

आइतबार वित्त समूहको परिसूचकमा उच्च बृद्धि, नेपाल इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार

नेपालखोज २०७७ असोज २५ गते १४:५५

काठमाडौं । आइतबार वित्त समूहको परिसूचकमा उच्च बृद्धि देखिएको छ । यस दिन कारोबारको सुरु देखिनै वित्त समूहको परिसूचक उच्च अंकले बढी रहेको छ । अपरान्ह २ बजेर १५ मिनेटसम्मको कारोबारमा वित्त समूहको परिसूचक सर्वाधि २ दशमलव ७२ प्रतिशतले बढेको छ । यो अवधिसम्म अन्य १० समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक आइतबार व्यापारिक समूहको १ दशमलव ७२ प्रतिशत, होटलको १ दशमलव ७७ प्रतिशत, जलविद्युत समूहको १ दशमलव ५७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १ दशमलव २ प्रतिशतले घटेको हो ।

यस दिन जीवन बीमा समूहको परिसूचक पनि बढेको छ । सवा दुई बजेसम्म जीवन बीमा समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको हो । बजार भने यो दिन घटिरहेको छ । यस अवधिसम्म बजार ९ दशमलव ४१ अंक घटेर १ हजार ५८० दशमलव २२ विन्दुमा झरेको छ । सवा दुई बजेसम्मको कारोबारमा १९२ कम्पनीको १ अर्ब ६६ करोड ७७ लाख ६३ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।
सर्वाधिक कारोबार यो अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ६७ लाख ५५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया