सिद्धार्थ बैंकको ऋणपत्र “८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४” मा उल्लेखनीय सहभागिता
नेपालखोज
२०७७ असोज २५ गते १५:०८
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७७ आश्विन १६ गते निष्काशन गरेको ३ अर्बको “ ८।५० प्रतिशत एस.बि.एल। डिबेन्चर -२०८४” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द भएको हो ।
लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वासका साथ अधिक सदस्यता प्राप्त गर्दै बैंकले सम्पूर्ण लगानीकर्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । हार्दिक आभार व्यक्त गर्दै प्राप्त निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढि नवीनतम र उतकृष्ट सेवा प्रदान गर्न अभिप्रेरित गरेको विश्वास बैंकले लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया