सोमबार, वैशाख ८, २०८२

आइतबार दोहोरो अंकले घट्यो बजार, २ अर्ब भन्दा बढीको कारोबारमा नेपाल लाइफको सर्वाधिक हिस्सा

नेपालखोज २०७७ असोज २५ गते १६:०५

काठमाडौं । आइतबार शेयर बजार १३ दशमलव ३७ अंकले घटेर बन्द भएको छ । गत विहीबारदेखि घटेको बजारले आइतबार पनि निरन्तरता पाएको हो । आइतबार बजार १ हजार ५७६ दशमलव २७ विन्दुमा अडिएको छ । गत बिहीबार ११ दशमलव ३४ अंक घटेर १ हजार ५८९ दशमलव ६३ विन्दुमा बन्द भएको बजार आइतबार १ हजार ५९४ दशमलव शून्य १ विन्दुदेखि खुला भएको थियो ।

दोहोरो अंकले घटेको आइतबारको बजारमा पनि २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस दिन १९३ कम्पनीको यो रकम बराबरको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर खरिद विक्री भएको हो । आइतबार कुल कारोबारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हिस्सा रहेको छ । यो दिन अपि पावर पनि सर्वाधिक कारोबार गर्ने दोस्रो नम्बरमा रहेको छ । आइतबार पहिलो नम्बरमा रहेको नेपाल लाइफको १० करोड ६ लाख ८५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो भने अपि पावरको १० करोड २ लाख ५३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आइतबार वित्त समूहको बाहेक बाँकी अन्य समूहको परिसूचक घटेको छ । यो दिन वित्त समूहको परिसूचक २ दशमलव शून्य ८ प्रतिशतले बढेको हो । सर्वाधिक वित्त समूहको परिसूचक बढेको दिन आइतबार आईसीएफसी फाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको छ । यो दिन आईसीएफसी फाइनान्सको शेयरमूल्य ९ दशमलव ८२ प्रतिशतले बढेको हो । प्रतिकित्ता २२ रूपैयाँले मूल्य बृद्धि भई आइतवार आईसीएफसी फाइनान्सको अन्तिम शेयरमूल्य २४६ रूपैयाँ पुगेको छ । यो दिन अपि पावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।

सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो नम्बरमा रहेको अपि पावरको शेयरमूल्य ७ दशमलव १४ प्रतिशतले घटेको हो । आइतबार अपि पावरको शेयरमूल्य प्रतिकित्ता १६ रूपैयाँले घटेर अन्तिम मूल्य २०८ रूपैयाँ कायम भएको छ ।

आइतबार होटल समूहको परिसूचक सर्वाधिक २ दशमलव १४ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापारिक समूहको १ दशमलव ८४ प्रतिशत, बैंकिङको शून्य दशमलव ८३ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य १ प्रतिशत, जलविद्युतको १ दशमलव ९८ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव शून्य ९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ५५ प्रतिशत, अन्यको शून्य दशमलव ९१ प्रतिशत, लघवित्तको शून्य दशमलव ३५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ११ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया