नेपाल हक्की इतिहासमा आज ऐतिहासिक फड्को मार्न सफल
नेपालखोज
२०७७ असोज २५ गते १९:११
काठमाडौं । नेपाल हक्की इतिहासमा आज ऐतिहासिक फड्को मार्न सफल भएको छ । अन्तराष्ट्रिय हक्की संघ (एफआईएच)ले जारी गरेको ईन्डोर हक्की वरियतामा नेपाल पहिलो पटक पर्न सफल भएको छ ।
एफआईएचको नयाँ वरियतामा पुरुष तर्फ नेपाल ३७ औं स्थानमा रहन सफल भएको छ । पुरुष वरियताको पहिलो नम्बरमा अष्ट्रिया रहेको छ । एसिया महादेशमा पुरुष तर्फ नेपाल ९ औं स्थानमा रहन सफल भएको छ । नेपाल भन्दा माथि मलेसिया, थाईल्यान्ड, बङलादेश रहेका छन । एसिया महादेशमा ईरान पहिलो स्थानमा रहेको छ ।
त्यस्तै एफआईएचको नयाँ वरियतामा महिला तर्फ नेपाल ४२ औं स्थानमा रहन सफल भएको छ । महिला वरियताको पहिलो नम्बरमा जर्मनी रहेको छ । एसिया महादेशमा महिला तर्फ नेपाल ७ औं स्थानमा रहेको छ । नेपाल भन्दा माथि ईरान, चाईनिज ताईपेई, उज्बेकिस्तान रहेका छन ।
सम्बन्धित
प्रतिक्रिया