सोमबार दोस्रो घण्टामा मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार, परिसूचक ५.४५ अंक घट्यो
काठमाडौं । सोमबार दोस्रो घण्टामा मुक्तिनाथ विकास बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो अवधिसम्म मुक्तिनाथ विकास बैंकको ६ करोड २१ लाख ६३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । घटिरहेको बजारमा यो दिन मुक्तिनाथ विकास बैंकको शेयरमूल्य सर्वाधिक ५ दशमलव ९७ प्रतिशत बढेको छ । यो दिन दोस्रो घण्टासम्ममा समृद्धि फाइनान्सको शेयर मूल्य सर्वाधिक ६ दशमलव २९ प्रतिशतले घटेको छ ।
सोमबार दोस्रो घण्टासम्म व्यापारिक, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । सोमबार वित्त र होटल समूहको परिसूचक सर्वाधिक घटेको हो । दोस्रो घण्टामा नेप्से परिसूचक भने ५ दशमलव ४५ अंक घटेर १ हजार ५७० दशमलव ८२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७२ अंक घटेर ३११ दशमलव शून्य २ विन्दुमा ओर्लिएको छ ।
यस अवधिसम्म ७७ करोड १४ लाख २४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । रकम बराबरको कारोबामा १८४ कम्पनीको २८ लाख १३ हजार बराबरको शेयर खरिद विक्री भएको हो ।
प्रतिक्रिया